Techie IT
शनिबार, वैशाख ६,२०८२

क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा


पोखरा। नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । मंगलबार पोखरामा बसेको क्यान कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । लामिछानेलाई बलात्कार आरोपमा पीडित किशोरीले दिएको निवेदनका आधारमा प्रहरीले २० असोजमा पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएपछि उनी २८ पुससम्म कारागारमा बसेका थिए । २८ पुसमा उच्च अदालत, पाटनले उनलाई २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दियो । २९ पुसमा उनी रिहा भएका थिए ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #नेपाल क्रिकेट संघ, #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545