Techie IT
आईतबार, वैशाख ७,२०८२

गृह मन्त्रालय हामीले पहिल्यै पाइसकेको जिम्मेवारी हो: रास्वपा प्रवक्ता ढकाल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालय हाम्राे पार्टीकाे भागमा परकाेले फेरि दाबी गर्नुपर्ने अवस्था नरहेको बताउनु भएकाे छ ।

आइतबार केन्द्रीय समितिको बैठकपछि उहाँले गृह मन्त्रालयको जिम्मेवारी रास्वपाले पहिल्यै पाइसकेको जिम्मेवारी भएकाले फेरि दाबी गर्नुपर्ने अवस्था नरहेको बताउनु भएकाे हाे ।

‘हाम्रो पार्टीमा एउटा समस्या आएको थियो, त्यो समस्याको समाधान भएको छैन । यो समस्या अन्य दललाई परेको समस्या होइन,’ उहाँले भन्नुभयाे,‘अहिले सरकारको विषयमा छलफल भएको छैन । तर, हामी सरकारमा कसरी सहभागी हुने भन्ने विषयमा फेरि छलफल गर्नुपर्ने अवस्था छैन । गृह मन्त्रालय रास्वपाले पहिल्यै पाइसकेको अवस्था हो, फेरि दाबी गर्नुपर्ने कुरा छैन । हामीले नै कसलाई गृहमन्त्रालयको जिम्मेवारी दिने भनेर निर्णय लिने कुरा हो । त्यसमा हामी छलफल गरेर निर्णयमा पुग्छौँ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मुकुल ढकाल, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545