Techie IT
शुक्रबार, चैत्र २८,२०८१

शहिदका सपनालाई विपनामा रूपान्तरण गराैं: शेरबहादुर देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हितकाे रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहिदको सपनालाई विपनामा रूपान्तरण गर्नुपर्ने बताउनुभएकाे छ ।

साेमबार शहिद दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले समान हक, अवसर र न्याय तथा सुदृढ र सबल लोकतन्त्रबाट मात्रै नेपाल एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत हुनेछ भन्ने परिकल्पना र विश्वासमा देशभक्त वीर सपूतहरूले आफूलाई सहर्ष उत्सर्ग गरेको उल्लेख गर्नुभएकाे हाे ।

नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्नका लागि जिम्मेवार सबै पक्षलाई शहिद दिवसले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास समेत लिएकाे उहाँले बताउनुभएकाे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली कांग्रेस, #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:41 am6:27 pm +0545