Techie IT
आईतबार, वैशाख ७,२०८२

उपप्रधानमन्त्री लामिछाने विरुद्धको रिटको अन्तिम सुनवाइ सकियो


काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्धको नागरिकता विवाद सम्बन्धी सर्वोच्च अदालतमा जारी सुनुवाइ सकिएको छ ।

गृहमन्त्री लामिछानेतर्फका कानून व्यवसायीहरूले बहस र रिट निवेदकहरूले जवाफी बहस गरेपछि आज सुनुवाइ सकिएको हो ।

बहस सकिएपछि संक्षिप्त आदेशसहित निर्णय सुनाउने वा निर्णय सुनाउने कुनै मिति तोक्न भन्नेबारे संवैधानिक इजलास आन्तरिक छलफलमा रहेको छ ।

गृहमन्त्री लामिछानेविरुद्धको रिटमाथि कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेको संवैधानिक इजलासले सुनुवाई गर्दै आएको थियो ।

गृहमन्त्री लामिछानेसमेतलाई विपक्षी बनाएर अधिवक्ता रविराज बसौलासहित र अर्का अधिवक्ता युवराज पौडेलसहितको दुई छुट्टाछुट्टै रिट निवेदनमा एकसाथ सुनुवाई हुँदै आएको थियो ।

गत पुस २२ गते अग्राधिकारमा राखेर संवैधानिक इजलासले सुनवाइ गर्दै आएको लामिछानेविरुद्धको सो रिट निवेदन बुधबार हेर्दाहेर्दैमा राखेर आज अन्तिम सुनुवाई गरेको हो ।

नागरिकता विवादमा संसद् पदको अयोग्यता सम्बन्धी दायर रिटमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा सदस्य रबि लामिछाने, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ लगायतलाई विपक्षी बनाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने, #सर्वोच्च अदालत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545