गृहमन्त्री रबि राज्यप्रति इमानदार नभएको अधिवक्ता सुरेन्द्र भण्डारीको जिकिर

काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले गृहमन्त्री रबि लामिछाने राज्यप्रति इमानदार बन्न नसकेको जिकिर गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा गृहमन्त्री लामिछानेका निजि वकिल र सरकारी वकिलहरुको जवाफी बहसका क्रममा गृहमन्त्री लामिछानेले राज्यलाई पटक–पटक ढाँटेको भन्दै उनले यस्तो दाबी गरेका हुन् ।
रबि देशप्रति बफादार नभएको र उनले विभिन्न समयमा राज्यलाई ढाँटेको उनको आरोप छ । साथै, विदेशी नागरिक भएकै बेलामा पनि लामिछानेले नेपाली राहदानी लिएको उनले जिकिर गरे । प्रत्येक नागरिकलाई राज्यले समान रुपमा हेर्नुपर्ने बताउँदै उनले गृहमन्त्री लामिछानेलाई यस विषयमा राज्यले छुट दिन नहुने जिकिर गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #रबि लामिछाने, #सुरेन्द्र भण्डारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्