Techie IT
आईतबार, वैशाख ७,२०८२

बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि


काठमाडौं । सेयर बजार बुधबार दोहोरो अंकले उकालो लागेको छ । नेप्से परिसूचकमा १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा आएर रोकिएको छ । बुधबार २६१ कम्पनीको कारोबार भएको छ । ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ । ३ अर्ब ४६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । 

 राष्ट्रिय हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ र हिमालय दोलखा हाईड्रो पावरको ९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

ग्रीन लाइफ हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी बिमा, सूर्य ज्योति जीवन बिमा र बलेफी हाइड्रोपावर कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल १५९ कम्पनीमा उकालो लागेको छ भने ४६ कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ । 

आज १३ उपसूचकहरु ३ बाहेक सबै कम्पनी उकालो लागेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सेयर बजार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545