बक्सिङ खेलाडी सुष्माको प्रगतिमा प्रधानमन्त्री ‘प्रचण्ड’द्वारा खुसी व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका बक्सिङ खेलाडी सुष्मा तामाङ फाइनलमा पुगेको खबरले आफूलाई असाध्यै खुसी लागेको बताउनुभएको छ । नेपाली बक्सिङ खेलाडी तामाङ थाइल्याण्डमा जारी एएसबिसी यू २२ बक्सिङ च्याम्पियन सीपको फाइनलमा प्रवेश गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले तामाङको फाइनल प्रवेशले नेपाल र नेपालीको गौरव बढाएकामा प्रसन्नता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले खेलाडी तामाङलाई आज हुने फाइनल खेलमा विजयका लागि अग्रिम शुभकामना व्यक्त गर्नुभएको छ । बैंककमा आइतबार महिला ४८ किलो तौल समूहको सेमिफाइनलमा सुष्मा मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई आरएससीको आधारमा पराजित गर्दै फाइनल पुग्नुभएको हो । फाइनल प्रवेशसँगै सुष्माको रजत पदक पक्का भएको छ ।
अब स्वर्ण पदकका लागि सुष्माले आज उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग खेल्ने कार्यक्रम छ । आजको खेल फाइनल हो ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्