Techie IT
शनिबार, वैशाख ६,२०८२

क्रसर व्यवसाय, फरार सांसदका बिषयमा केहि दिनमा नजिता आउँछ: रवि लामिछाने


काठमाडौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारेका कारण नजिता आउन ढिलाई भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा लामिछानेले राज्यका संयन्त्रहरूलाई थिलथिलो बनाएर छोडिएको र काम गर्नेहरूलाई कानुनको पालना गर्नेभन्दा पनि आदेश पालना गराउने गरी निरीह बनाएर राखिएका कारण नजिता आउन ढिलाई भएको बताएका हुन् । उनले आफुले गृहमा जिम्मेवारी सम्हालेपछि सुधारका कामहरु सुरु गरिसकेकाले काम र परिणामको माध्यमबाट सवै प्रश्नहरूको जवाफ दिने पनि बताए ।

क्रसर व्यवसाय, फरार सांसद लगाएतका बिषयमा केहि दिनमा नजिता आउने उनको दाबी छ । मन्त्री लामिछानेले गृह प्रशासनले बनाएको संयन्त्रमाथि विश्वास गर्न आग्रह पनि गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृहमन्त्री, #रवि लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545