प्रतिनिधि सभा बैठक : नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिनुहुँदै नेता पौडेलले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा सबै दल एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले मुलुकको कमसल आर्थिक अवस्था, भूराजनीतिक दबाब, सुशासनको कमजोर अवस्थालाई सुधार गर्न र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न दलहरुबीच एकताको खाँचो रहेको पनि बताउनुभयो ।
नेकपा (एमाले) का नेता रघुवीर महासेठले वर्तमान सरकारले छोटो समयमा नै शुरु गरेका कामहरूले अहिलेको सरकारले केही गर्छ कि भन्ने जनतामा आशा र विश्वास पलाएको बताउनुभयो ।
उहाँले देशको आर्थिक सुधारका लागि प्रारम्भिक सकारात्मक प्रयास थालिएको भन्दै राजनीतिक रुपमा पनि सरकारले प्रगति गरेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मुलुकका विद्यमान समस्या समाधान गर्न सरकार र संसद् सँगसँगै जोडेर लैजानुपर्ने बताउनुभयो ।
नेता पौडेलले जनताको दैनिक समस्यालाई समाधान गर्ने दिशामा संसद्लाई लैजानुपर्नेमा जोड दिँदै उहाँले देशका समस्या समाधान गर्न प्राज्ञिक बहसको आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री रबी लामिछानेले राज्यका संयन्त्रलाई थिलोथिलो पारिएर छाडिएका कारण अपेक्षित रुपमा काम गर्न नसकिएको बताउनुभयो । उहाँले जनअपेक्षा पूरा गर्न प्रणाली सुधार आवश्यक रहेको पनि औँल्याउनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले मुलुकमा विधिको शासन कायम गर्न सबै गम्भीर हुनुपर्नेमा समेत जोड समेत दिनुभयो ।
बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद अशोक राईले संसद्को प्रभावकारिता र गरिमा बढाउन नवनिर्वाचित सभामुख र उपसभामुखले सक्रिय भूमिका खेल्नुहुने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले संसदमा निष्पक्ष, तटस्थ भूमिका निर्वाह गरेर जनताको समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्न आग्रह गर्नुभयो ।
बैठकमा जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत, लोकतान्त्रिक समाजवादी पार्टीका रामप्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल लगायतका सांसदहरुले नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपसभामुख, #सभामुख
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्