Techie IT
शुक्रबार, वैशाख ५,२०८२

भूकम्पबारे सदनलाई जानकारी गराउन सांसद बद्री पाण्डेको माग


काठमाडौँ । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरे । 

आज दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #बद्रीप्रसाद पाण्डे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545