सदनलाई रचनात्मक र क्रियाशील बनाऔँ : देवेन्द्र पौडेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेलले मुलुकका विद्यमान समस्या समाधान गर्न सरकार र संसद् सँगसँगै लैजानुपर्ने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले सुशासन, आर्थिक अवस्था तथा जनताको जीवनस्तर सुधार गर्न सबै दल एक हुनुपर्ने बताउनुभयो । पछिल्लो समय मुलुकको आर्थिक अवस्था कमजोर बनिरहेको तथ्याङ्कले देखाएको जनाउँदै उहाँले भन्नुभयो, “पछिल्लो छ महिनामा १५ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ । पूरै बिग्रिसक्यो भनेर निराश नबनौँ, पूरै सप्रेको पनि छैन, सरकार र संसद्लाई सँगै जोडेर यी विषयको समाधान खोजिनुपर्छ ।”
जनताको दैनिक समस्यालाई समाधान गर्ने दिशामा संसद्लाई लैजानुपर्नेमा जोड दिँदै उहाँले देशका समस्या समाधान गर्न प्राज्ञिक बहसको आवश्यकता औँल्याउनुभयो । “सुशासनको प्रत्याभूति गराउन, छिपछिपे अर्थ प्रणालीलाई सुधार गर्न सहमति खोज्नुपर्छ”, उहाँले भन्नुभयो ।
जनताको घरघरमा लोकतन्त्र पु¥याउनुपर्ने सबैको दायित्व रहेको उहाँको भनाइ छ । संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “यो सदनलाई रचनात्मक र क्रियाशील बनाऔँ, त्यसमा सभामुख र उपसभामुखको भूमिका महत्वपूर्ण छ ।” रासस
क्याटेगोरी : समाचार
ट्याग : #देवेन्द्र पौडेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्