Techie IT
शुक्रबार, वैशाख ५,२०८२

प्रहरी निरीक्षक बमको एक्सन : आठ किलो चरेससहित एक महिला पक्राउ


धादिङ । लागूऔषध चरेससहित एक जनालाई धादिङ प्रहरीले पक्राउ गरेको छ । सोमबार पालुङबाट महादेववेशी आउँदै गरेको बा . ५. ख. ६५०९ नंम्बरको यात्रुबाहक बसलाई धादिङ थाक्रे गाउँपालिका वडा नम्बर २ समनटारस्थित पालुङ महादेववेशी सडक खण्डमा रोकी चेकजाँच गर्दा आठ किलो पाँच सय २५ ग्राम लागु औषध चरेश जस्तो पदार्थ फेला परेको हो ।

सो, परिणामको लागु औषध चरेश सहित मकवानपुर थाहा नगरपालिका वडा नंम्बर ८ भोर्ले बस्ने ३५ बर्षीया लक्ष्मी गिरी पुरीलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय खानीखोला धादिङका प्रहरी निरीक्षक डबल बहादुर बमले जानकारी दिए । पक्राउ परेकी उनलाई लागुऔषध कसुर अन्तर्गत मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545