Techie IT
शनिबार, वैशाख ६,२०८२

सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीलको सर्कुलर


काठमाडौं, ८ माघ । फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले सर्कुलर जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर जारी गरेको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यसअघि पटक पटक कोइरीलाई पक्राउ गर्न निर्देशन दिएपछि प्रहरीले एक्सन लिएको थिएन ।

गृहमन्त्री लामिछानेले लिखित निर्देशन दिँदासमेत प्रहरीले अटेर गर्दै आएको थियो । प्रधानमन्त्रीलाई विश्वासको मत दिन कोइरी संसदमै आएको बेलामा पनि पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्रीको विरोध हुँदै आएको छ ।

२०७७ मंसिर १९ गते एकजना प्रहरीको हत्या अभियोगमा उच्च अदालत जनकपुरले कोइरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।

कोइरीमाथि २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका असई थमन विकलाई लखेटेर हत्या गरेको आरोप छ । कोइरी नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सांसद हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #\, #breaking, #सांसद लक्ष्मी महतो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:33 am6:31 pm +0545