केपी ओली र उपेन्द्र यादवबीच भेटवार्ता : पावर शेयरिङमा जसपालाई पाखा लगाइएकाे गुनासो

काठमाडाैं । सत्ता साझेदार दलको भागबण्डामा उचित सम्मान नगरेको भन्दै असन्तुष्ट जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ ।
ओली निवास बालकोट पुग्नुभएका यादवले मन्त्रालय बाँडफाँटसहित पावर शेयरिङमा जसपालाई पाखा पारिएको गुनासो गर्नुभयो । यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीको रुचि रहेको धारणा राखेको बताइएको छ ।
अहिलेसम्म उपराष्ट्रपति माओवादीले पाउने सहमति भएको छ । यादव सो पदमा रामसहाय यादवलाई पठाएर आफू उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा आउन चाहेको बताइएको छ ।
मन्त्रालयको भागबण्डामा पनि यादवले ओलीसँग असन्तुष्टि व्यक्त गर्नुभएको छ । जसपाका लागि वन मन्त्रालय र युवा खेलकुद मन्त्रालय राखिएको छ । यादवले भने समग्र भागबण्डाका विषयमा छलफल भएको जानकारी दिनुभयो ।
जसपालाई सरकारमा सहभागी भएर अहिलेको गठबन्धन बलियो बनाउन ओलीले आग्रह गर्नुभएको छ । चुनावमा एमालेसँग मिलेर गएकाले अब पनि सो
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपेन्द्र यादव, #केपी शर्मा ओली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्