Techie IT
आईतबार, वैशाख ७,२०८२

झा दम्पती हत्याका आरोपित दुई वर्षपछि पक्राउ


जनकपुरधाम । महोत्तरी जिल्लामा दुई वर्ष अगाडी झा दम्पतीको हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

घटना भएको दुई वर्षपछि फरार रहेका पिपरा गाउँपालिका ५ का ७२ वर्षीय तेज नारायण झालाई नेपाल भारतको सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका झाले हत्यामा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । २०७७ साल फागुन १० गते राति महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झा को छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहित बेपता भएका थिए ।

बेपता भएको एक महिनापछि चैत १२ गते पिपरा २ अतरार जाने बाटोमा बोरामा शरीरलाई टुक्रा पारी गाडिएको अवस्थामा झा दम्पतीको शव फेला परेका थियो ।

यसअघि प्रहरीले हत्या घटनामा संलग्न ७ जनालाई नियन्त्रणमा लिएकोमा ३ जना कारागारमा छन् भने ४ जना धरौटी दिएर रिहा भएका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545