Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रहरी सहायक हवल्दार निशान लामिछाने चितवन प्रहरीकै “उत्कृष्ट प्रहरी”


चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार निशान लामिछाने (शुक्रबार) चितवन प्रहरीकै “उत्कृष्ट प्रहरी घोषित” भएका छन् ।

आफूलाई दिइएको जिम्मेवारी इमान्दार, अनुशासित एवं उत्कृष्ट ढंगले सम्पादन गरी विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको समेत पालना गरी कुशलतापुर्वक एवं प्रसंनीय ढंगबाट सम्पादन गरेको भन्दै चितवन प्रहरीले सहायक हवल्दार लामिछानेलाई पौष महिनाको “उत्कृष्ट प्रहरी घोषित” गरेको हो ।

प्रहरी उपरीक्षक नवराज अधिकारीद्वारा हस्ताक्षर गरिएको सो, पत्रमा प्रहरी चौकी चौघडा मकवानपुर दरबन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक हवल्दार निशान लामिछानेले विभिन्न कसुरमा कैद तथा जरिवाना तोकी फरार रहेका ११० जना प्रतिवादीहरुलाई नियन्त्रणमा लिइ सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराइएको तथा पौष २६ गते साँझ साँढे चार बजेको समयमा भरतपुर महानगरपालिका ९ बाट भारतीय नम्बरको कारमा लुकाइछिपाई ल्याइएको १४ सय लिटर मदिरा सहित कार चालक, सवारीसाधन र मानिसलाई नियन्त्रणमा लिन सफल भएको भन्दै उनलाई पुरस्कृत गरिएको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन अन्तर्गतका मातहतका इकाइहरु मध्यबाट लामिछाने “उत्कृष्ट प्रहरी घोषित” भएको (एसपी) नवराज अधिकारी बताउँछन् । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्लाभरका प्रहरी कर्मचारीहरु मध्यबाट प्रत्यक महिना “उत्कृष्ट प्रहरी छनौट” गर्दै आइरहेको चितवन प्रहरीले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने अवधारणा अनुसार नै निजले गरेको कामको उच्च मुल्यांकन गर्दै पौष महिनाको “उत्कृष्ट प्रहरी घोषित” गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

“उत्कृष्ट प्रहरी घोषित” भएसँगै उनलाई जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रशंसा पत्र समेत प्रदान गरेका थिए । प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको अधिकारीको भनाई छ । लामिछानेले व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएकोले निजले गरेको उत्कृष्ट कार्यसम्पादन को उच्च मुल्याङकन गर्दै पौष महिनाको “उत्कृष्ट प्रहरी घोषणा” गरिएको उनलेे जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय चितवनको सूचना संकलनमा खटिएका उनी ब्यवसायिक एवं निडर छवि भएका प्रहरी रूपमा चिनिन्छन् । प्रहरी सहायक हवल्दार लामिछानेलाई सम्मान गरेसंगै अन्य प्रहरी कर्मचारीहरुको समेत मनोबल बढ्ने चितवन प्रहरीको दाबी छ । उत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर जिल्ला प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भमा एक महिनासम्म राखिदै आएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545