Techie IT
शनिबार, वैशाख ६,२०८२

मुग्लिङका प्रहरी निरीक्षक सुनजित तामाङ नगदसहित पुरस्कृत


बागमती प्रदेश प्रहरी कार्यालयले मकवानपुरले मुग्लिङ चितवनका प्रहरी प्रमुख (प्रहरी निरीक्षक) सुनजित तामाङसहित सात प्रहरी कर्मचारीलाइ नगदसहित पुरस्कृत गरेको छ ।

प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत हुनेमा ईलाका प्रहरी कार्यालय मुग्लिङ चितवनका प्रहरी निरीक्षक सुनजित तामाङसहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यावस्थापन कार्यालय रामनगर चितवनका प्रहरी उपरीक्षक रवि कुमार पौडेल, प्रहरी नायब उपरीक्षक रुपा लाबुङ्ग रहेका छन् ।

उनीहरुलाई अभिलेख किताबमा जनिने गरी नगद एक हजार पाँच सय रुपैयाँसहित पुरस्कृत गरिएको छ भने वरिष्ठ प्रहरी नायब निरीक्षक बिजय कुमार शाहलाई नगद एक हजार दुई सय तथा सहायक हवल्दारद्वय लक्ष्मण थापा मगर, राम कुमार लामिछाने र प्रहरी जवान खड्ग बहादुर श्रेष्ठलाई पनि अभिलेख किताबमा जनिने गरी जनही एक एक हजार रुपैयाँले पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका (डिआइजी) किरण बज्राचार्यका अनुसार पुरस्कृत भएका प्रहरी कर्मचारीहरुले आफूलाई सुम्पिएको जिम्मेवारीलाई अत्यन्तै इमान्दारी, बफादार भई उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेको पाइएको हुँदा अभिलेख किताबमा जनिने गरी नगदसहित पुरस्कृत गरिएको बताए ।

प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई पुरस्कृत गर्दा मनोबल उच्च रहने र अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गइ कार्यसम्पादनमा अझै बढी प्रभावकारीता आउने देखिएकोले कार्यसम्पादनको कदरस्वरुप प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १९७ को देहाय (ख) बमोजिम पुरस्कृत गरिएको उनको भनाई छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545