Techie IT
आईतबार, वैशाख ७,२०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा राना मगरद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता


काठमाडौँ । सत्ता साझेदार दलको तर्फबाट प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गर्नुभएको छ।

आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोहीअनुसार उहाँले सत्ता साझेदार दलको समर्थनमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उपसभामुखमा उम्मेदवारी दर्ता गराउनुभएकी रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा  र राप्रपाका राजेन्द्र लिङ्देन रहनुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #इन्दिरा राना मगर, #उपसभामुख, #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545