प्रतिनिधिसभाको उपसभामुखमा दुई जनाको मनोनयन

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना मगर र नेपाली कांग्रेसका सांसद मुक्ता कुमारी यादवले मनोनयन दर्ता गराउनुभएको छ ।
सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीका इन्दिरा मगर र नेपाली कांग्रसको तर्फबाट यादवले संघीय संसद् भवन नयाँ बानेश्वरमा आज उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएको हो ।
स्वतन्त्र पार्टीका सांसद रानामगरलाई उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले प्रस्ताव गर्नुभएको छ भने समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका सांसद नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन रहनुभएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका उपसभामुख पदका उम्मेदवार यादवको प्रस्तावक नेपाली कांग्रेसका सांसद बद्री पाण्डे रहनुभएको छ भने समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरी र लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्ला रहनुभएको छ ।
उपसभामुख निर्वाचनका लागि भोलि दिउँसो १ः०० बजे प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने, प्रस्तावकले प्रस्ताव गर्ने समर्थकले समर्थन गर्ने र उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपसभामुख, #प्रतिनिधिसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्