Techie IT
आईतबार, वैशाख ७,२०८२

उपसभामुख हामीले पाउने सहमति छ: रवि लामिछाने


उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपसभामुख आफूहरूले पाउने सहमति भएको बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सत्ता गठबधनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको बताएका हुन्।

यस्तै कसलाई उम्मेदवार बनाउने भन्ने शुक्रबार टुंग्याउने पनि उनले बताए।

‘उपसभामुख हाम्रो पार्टीले नै पाउने सहमति छ। सभामुख पुरूष हुन्छन् कि महिला हुन्छन् भन्ने थियो। आज पुरूष सभामुख भएपछि उपसभामुखको लागि महिला उम्मेदवार छान्नुपर्ने हुन्छ,’ उनले भने।

शुक्रबार बिहान ९ बजे संसदीय दलको बैठकले उम्मेदवार तय गर्ने उनले बताए।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545