Techie IT
आईतबार, वैशाख ७,२०८२

हामीलाई पद होइन न्याय चाहिन्छ: नागरिक उन्मुक्ति पार्टी


काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीले आफूहरुलाई पद नभई न्याय चाहिएकाे बताएकाे छ ।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले आफूहरुलाई पद नभई न्याय चाहिएको बताउनु भएकाे हाे।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसले दिएको मुख्यमन्त्री र चार मन्त्रीको प्रस्तावलाई छाडेर सत्ता गठबन्धनलाई समर्थन गरेको, तर अहिलेसम्म मागमुद्दा सम्बोधन नहुँदा शंका बढेको उहाँले बताउनु भयाे ।

यद्यपि नागरिक उन्मुक्ति पार्टीले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार देवराज घिमिरेलाई मत दिने जनाएकाे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #गंगाराम चौधरी, #नागरिक उन्मुक्ति पार्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545