‘पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न केले रोक्यो : चन्द्रकान्त राउत

काठमाडौं । जनमत पार्टी संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत) ले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले पुराना विमान चलाउन अनुमति दिनेलाई कारबाही गर्न कुन कानुनले रोकेको भन्दै प्रश्न गरे ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रक्रियामात्र सीमित नरहन सुझाव दिँदै उनले भने, ‘साइकल वा मोटरसाइकल दुर्घटना भयो भने तत्कालै पक्राउ गरेर छानबिन थालिन्छ । तर, पुराना विमान चलाउने, चलाउन अनुमति दिनेलाई किन कारबाही हुँदैन ?’
गत १ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । उक्त दुर्घटनाका विषयमा जारी प्रतिनिधिसभाले विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चन्द्रकान्त राउत, #जनमत पार्टी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्