उपप्रधानमन्त्री लिङ्देन र एनआरएनएका पदाधिकारीबीच भेटवार्ता

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनसँग गैर आवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारीहरुले भेट गरेका छन् ।
बुधबार दिउँसो सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा पुगेर एनआरएनएका अध्यक्ष रविना थापा, संस्थापक अध्यक्ष उपेन्द्र महतोलगायतका पदाधिकारीहरुले भेट गर्नुभएको हो ।
भेटका क्रममा आफूहरुको मुद्दाबारे ज्ञापनपत्रमार्फत् उपप्रधानमन्त्री लिङ्देनलाई पनि जानकारी गराइएको अध्यक्ष थापाले बताउनुभयो ।
गैर आवासीय नेपाली संघले नेपालमा लगानी भित्र्याउन आफूहरु तयार रहेपनि त्यसको सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो सरकारसँग गर्दै आएको छ ।
आफूहरुको सरोकारबारे सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन नवनियुक्त मन्त्रीहरुसँगको भेटवार्ता पनि सुरु गरिएको एनआरएनएले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र लिङ्देन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्