Techie IT
आईतबार, वैशाख ७,२०८२

कर्णालीका उपसभामुख यशोदा न्यौपानेद्वारा शपथ ग्रहण


सुर्खेत । कर्णाली प्रदेशका नव निर्वाचित उपसभामुख यशोदा न्यौपानेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रदेश प्रमुख तिलक परियार, प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा प्रदेश सभामुख नन्दा गुरुङले आज प्रदेश कार्यालयमा आयोजित एक समारोहमा उपसभामुख न्यौपानेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

कार्यक्रममा मन्त्री, सांसद, नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल लगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । यसअघि आजै कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको पाँचौँ बैठकमा सत्तारुढ गठबन्धनका तर्फबाट न्यौपाने निर्वाचित हुनुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #कर्णाली प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545