मधेश प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त, प्रदेश सभा विपक्षीविहीन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
मुख्यमन्त्री यादवलाई बैठकमा उपस्थित १०२ जना सदस्यबाटै सर्वसम्मत रुपमा विश्वासको मत प्राप्त भएको हो । मुख्यमन्त्री नियुक्त भएको नवौं दिनमा उहाँले विश्वासको मत पाउनुभएको हो ।
प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रस्तावको पक्षमा १०२ र विपक्षमा शून्य मत खसेको बैठकमा घोषणा गर्नुभयो । मधेश प्रदेशमा १०७ जनामध्ये २ जना सर्वोच्च अदालतको आदेशका कारणले शपथ नलिएको र हाल कायम १०५ मध्ये ३ जना प्रदेश सभाका सदस्य अनुपस्थित रहनुभएको थियो ।
मुख्यमन्त्री यादवले नेकपा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा चार जना स्वतन्त्र गरी १०२ प्रदेश सांसदको समर्थन प्राप्त गर्नुभएको हो ।
सभामुख रामचन्द्र मण्डल मुख्यमन्त्री माथिको विश्वासको मतमा तटस्थ बस्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #मधेस प्रदेश, #सरोजकुमार यादव
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्