Techie IT
शनिबार, वैशाख ६,२०८२

नवनियुक्त पर्यटन राज्यमन्त्री सुशीला सिर्पालीद्वारा पद तथा गोपनीयताको सपथ


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीलाई आज पद तथा गोपनीयताको सपथ गराउनुभएकाे छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले नवनियुक्त राज्यमन्त्री सिर्पाली ठकुरीलाई पद तथा गाेपनीयताकाे सपथ गराउनुभयो ।

माघ ३ गते राज्यमन्त्रीमा नियुक्त सिर्पाली हिजो उपत्यका बाहिर रहनुभएकाले सपथ लिन छुट्नुभएको थियो ।

नवनियुक्त राज्यमन्त्री सिर्पालीले आजै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेर कार्यभार समेत सम्हाल्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री, #सुशीला सिर्पाली ठकुरी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545