हवाई सुरक्षामा कडाइ आवश्यक छ : पर्यटनमन्त्री सुदन किराती

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई सुरक्षामा कडाइ गर्न सरोकारवालासँग सहकार्य गर्ने बताएका छन् । मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले हवाई यात्रालाई जोखिमबाट मुक्त बनाउन प्रयास गर्ने बताएका हुन् ।
आइतबार पोखरामा भएको जहाज दुर्घटनाबारे नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आजै बैठक बस्ने उनले जानकारी दिए । मन्त्री किरातीले हवाई क्षेत्र किन असुरक्षित भयो ? यो क्षेत्रमा के कस्ता कमजोरी छन् भन्नेबारे प्राधिकरणसँग जानकारी लिने बताए ।
मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्रीले अहिले देश शोकमा रहेको भन्दै खादामाला नलागाइदिन आग्रह गरे । माला किन्ने पैसा सहयोग पेटिकामा राख्न आग्रह गर्दै उनले आफ्नो तर्फबाट एक महिनाको रकम सहयोग पेटिकमा राख्ने बताए ।
मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका मन्त्रीले अहिले देश शोकमा रहेको भन्दै खादामाला नलागाइदिन आग्रह गरे । माला किन्ने पैसा सहयोग पेटिकामा राख्न आग्रह गर्दै उनले आफ्नो तर्फबाट एक महिनाको रकम सहयोग पेटिकमा राख्ने बताए ।
काम गर्ने वातावरण सफा हुनु पर्ने भन्दै उनले सबै पर्यटन मन्त्रालय मातहतका शौचालयहरुलाई मन्त्रीले प्रयोग गर्ने जस्तै सफा राख्न निर्देशन समेत दिए । देशको अर्थतन्त्र जर्जर रहेको भन्दै मन्त्री किरातीले मन्त्रालयका कुनै पनि सामान नफेर्न निर्देशन दिए । मन्त्रालयमा भएका विसङ्गती पूर्णरुपमा हटाउने उनको उद्घोष थियो ।
साँस्कृतिक पर्यटनमा जोड दिंदै उनले हाम्रो देशमा फोटोकपी नहुने तीन सम्पदाको सम्बर्द्धन गरी पर्यटन विकास गरिने बताए । ‘सगरमाथा, पशुपतिनाथ, लुम्बिनीलाई सम्बर्द्धन र विकास गरी पर्यटन विकास गर्ने हो’ उनले भने ।
क्याटेगोरी : समाचार
ट्याग : #पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, #सुदन किराँती
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्