मन्त्रालयको काम चुनौतिपूर्ण रहे पनि त्यसलाई अवसरमा बदल्छु : उपप्रधान एवम् ऊर्जामन्त्री लिङ्देन

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गर्नुभएको छ ।
उपप्रधानमन्त्री पदको सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उहाँले सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा मंगलबार दिउँसो पदभार ग्रहण गर्नुभएको हो ।
त्यसक्रममा उहाँले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको आवश्यता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्य दल बनाउने पहिलो निर्णय पनि गर्नुभयो ।
विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले बताउनुभयो ।
नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतिपूर्ण रहे पनि त्यसलाई अवसरमा बदल्ने दृढता समेत व्यक्त गर्नुभयो । उहाँले सञ्चारकर्मीमाझ शुभकाम सुरु गर्नु अघि देवीदेवताको दर्शन गर्न जाने नेपालीहरुको चलन रहेकाले आफूहरु पनि पदभार ग्रहण गर्नु अघि पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको स्पष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री लिङदेनसहित राप्रपाबाट मन्त्री हुनु भएका सबैले राष्ट्रपतिबाट सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गर्नु भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र लिङ्देन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्