Techie IT
आईतबार, वैशाख ७,२०८२

सुदूरपश्चिम प्रदेशसभाका नवनिर्वाचित सभामुख भण्डारीद्वारा पद तथा गोपनीयताको शपथग्रहण


धनगढी । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित सभामुख भीम भण्डारीले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

धनगढी स्थित प्रदेश प्रमुखको कार्यालयमा आज एक समारोहका बिच प्रदेश प्रमुख देवराज जोशीले नवनिर्वाचित सभामुख भण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनु भयो ।

समारोहमा मुख्यमन्त्री राजेन्द्रसिंह रावल, मन्त्रीगण, नेकपा एमालेका सचिव लेखराज भट्ट, प्रदेश सभा सदस्य, सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।

यस अघि आज बिहान प्रदेश सभामा सभामुख चयनका लागि भएको मत विभाजनमा उहाँले २९ मत (बहुमत) प्राप्त गर्नु भएर सभामुखमा निर्वाचित हुनु भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #सुदूरपश्चिम  प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545