राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा स्वाथ्य मन्त्रालय पनि,तोसिमा मन्त्री बन्दै

काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । यसको लागि आज उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ५ घण्टा लामो छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्ड भर्खरै बालकोटबाट बाहिरिएका छन् ।
आज साँझ सत्ता गठबन्धनको बैठक डाकिएको छ । ओलीसँगको भेटमा प्रधानमन्त्री दाहालले मन्त्रालय भागबण्डाबारे करिब करिब सहमति जुटाएका छन् । प्रधानमन्त्रीनिकट उच्च स्रोतका अनुसार अहिले सर्वाधिक चासोका साथ हेरिएको स्वास्थ्य मन्त्रालय भने रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । रास्वपाले यसअघि नै शिक्षा र स्वास्थ्य मन्त्रालय मागेको थियो ।
तर, प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीचको सहमतिबमोजिम रास्वपालाई स्वास्थ्य मन्त्रालय दिईएको हो । रास्वपाबाट स्वास्थयमन्त्रीको लागि दुई जनाको नाम चर्चामा छ । ललितपुर–३ बाट जितेकी डा. तोसिमा कार्की र समानुपातिक सांसद डा. चन्दा कार्कीले स्वास्थ्य मन्त्रालयमा आफ्नो दाबी पेश गरेका छन् । सभापति रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री छन् । उनले पार्टीभित्र छलफल गरेर नै सहमतिको आधारमा मन्त्री बनाउने बताईसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. तोसिमा कार्की
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्