मन्त्रालय भागबण्डामा सहमति जुटाउन बालुवाटारमा आज साँझ गठबन्धनको बैठक बस्दै

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज/भोलिभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । त्यसको लागि उनले आज सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
आजै साँझ सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसँग पनि प्रधानमन्त्री दाहालले छलफल गर्दैछन् । २६ पुषमा संसद्मा विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले एक साता बित्न लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । यसबारेमा एमाले अध्यक्ष ओलीसमेत चासो राखेपछि आज भने दाहालले तदारुकता देखाएका छन् ।
आज साँझ बस्ने ७ दलको बैठकले मन्त्रिमण्डलको भागबण्डा टुँगो लगाउने भएको छ। मन्त्रालय भागबण्डामा कुरा मिलेपनि सभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनबारे भने प्रधानमन्त्री दाहालले रहस्यमयी मौनता साँधेका छन् । यसले पनि सत्ता गठबन्धनमा रहेका दलहरुबीच अविश्वास पैदा भएको छ । भोलि सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक हुँदैछ । यही माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल, #सत्ता गठबन्धन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्