Techie IT
बुधबार, वैशाख १०,२०८२

बागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवन पाठकद्वारा शपथ ग्रहण


मकवानपुर । बागमती प्रदेशसभाका नवनिर्वाचित सभामुख भुवन पाठकले शपथ ग्रहण गर्नुभएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभा नियमावली २०७४ को उपनियम ८ बमोजिम बागमती प्रदेशका सभामुख पाठकलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

आज भएको मतदानमा पाठक सभामुख पदमा निर्वाचित हुनुभएको थियो । शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल तथा मन्त्रीहरू र प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गाना उपस्थित हुनुहुन्थ्यो ।

नवनिर्वाचित सभामुख पाठक साविक नुवाकोट जिल्ला र हाल काठमाडौँ उपमहानगरपालिका–३० का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले स्नातकोत्तरसम्मको शिक्षा अध्ययन गर्नुभएको छ ।

यसअघि, उहाँले विघटित पञ्चायत व्यवस्थाको वर्गीय सङ्गठनमध्ये नेपाल युवक सङ्गठनका केन्द्रीय सचिव पदमा निर्वाचित हुँदैदेखि राजनीतिक जीवन सुरु गर्नुभएको थियो ।

पाठकले मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापनापछि २०४७ सालमा राप्रपाको स्थापनासँगै संस्थापक सदस्य हुँदै केन्द्रीय सदस्यमा निर्वाचितमा हुनुहुन्थ्यो । यसैगरी, उहाँले राप्रपाको सहमहामन्त्री एवं प्रवक्ता र पार्टीको महामन्त्रीसमेतको जिम्मेवारी सम्हाली सक्नुभएको थियो । रासस


क्याटेगोरी : समाचार
ट्याग : #बागमती प्रदेशसभा, #भुवन पाठक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:29 am6:34 pm +0545