Techie IT
आईतबार, वैशाख ७,२०८२

पीएसजीले एन्जर्सलाई २–० ले हरायो


एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एन्जर्सलाई हराएको छ ।

बुधबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० ले हराएको हो ।

खेलको पाँचौं मिनेटमा हुगो एकिटिकेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसपछि ७२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई २–० को जित दिलाए ।

जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको १८ खेलबाट ४७ अंक छ । दोस्रो स्थानमा रहेको लेन्सको ४१ अंक छ । पराजित एन्जर्स ८ अंक जोडेर पुछारमा छ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #एन्जर्स, #पिएसजी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545