चितवनको ट्राफिक ब्यावस्थापनमा सुधार, प्रहरी निरीक्षक अधिकारी भन्छन् : यसले निरन्तरता पाउँन्छ

चितवन । सडक सुरक्षासँगै ट्राफिक ब्यावस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्नु ट्राफिक प्रहरीको दायित्व हो । बढ्दो शहरीकरण, सवारी साधन र सडक प्रयोगकर्ताको अत्याधिक चापलाई व्यवस्थित गर्नु ट्राफिक प्रहरीलाई चुनौतीको विषय बन्ने गरेको छ ।
पछिल्ला दिनहरूमा चितवनका सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि ट्राफिक प्रहरीको भुमिका समेत बढ्दै गएको पाइन्छ । जिल्लाको जनसंख्या र राजमार्गमा चल्ने सवारीसाधन र त्यसको बढ्दो चापलाई ट्राफिक प्रहरीको जनशक्तिसँग तुलनात्मक रुपले हेर्दा यसको व्यवस्थापनको पाटो निकै चुनौतीपूर्ण र जटिल छ । तर, पनि ट्राफिक प्रहरीले सवारी र सडकको अवस्था, ट्राफिक व्यवस्थ्यापन र परिचालन, सडक सुरक्षामा देखिएका समस्या जस्ता विषयवस्तुलाई जोड दिदै आएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दशक अघिको परिदृश्य हेर्ने हो भने बाटोमा धेरै गाडी थिएनन् । अहिले जिल्लामा मात्र झन्डै २५ हजार सवारीसाधन गुड्ने गरेको तथ्यांक छ । जबकी पाँच वर्षअघिको चितवनमा यसको आधा पनि सवारीसाधन थिएनन् । अहिले चितवनका सडकमा झन्डै २५ हजार गाडीहरु गुड्छन् । नयाँ र महँगा गाडी देखिन थालेका छन्,’ प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले भने, सडक विस्तार हुँदा ट्राफिक ब्यवस्थापनलाई केही सहज भएको छ । ट्राफिक र सेवाग्राहीलाई सहज बनाउन भरतपुर महानगरपालिकाले विभिन्न ठाउँमा बाटो विस्तार समेत गरिरहेको छ ।
१२ बर्षदेखी सञ्चालनमा आउन नसकेको केन्द्रिय बसटर्मिनललाई हामीले पुर्ण रूपमा सञ्चालनमा ल्याउन सफल भएका छौँ, प्रहरी निरीक्षक अधिकारी भन्छन् : जिल्लामा कम जनशक्तिको बाबजुद पनि हामी सडक ब्यावस्थापन गर्नमा चुकेका छैनौं । उनलेे पुलचोक, लाइन्सचोक, चौबीसकोठी चोक, बसपार्क चोकमा देखिने ट्राफिक अस्तब्यस्तलाई पुर्णरूपमा ब्यावस्थापन गर्नुको साथै, प्रमुख चोक तथा भित्री सडक खण्डमा एकतर्फी रूपमा गरिने पार्किङ र ठेला तथा फुटपाथको पुर्ण रूपमा ब्यवस्थापन गर्न सफल भएको बताउँछन् ।
यसअघि जताततै सवारी रोक्ने काम हुन्थ्यो । जसले गर्दा ट्राफिक ब्यावस्थापन नै अस्तब्यस्त हुने गरेको थियो । उनलेे भने, अहिले
आफू आइसकेपछि राजमार्गमा सवारीसाधनलाई ब्यावस्थित गर्ने काम भएको उनी ठोकुवा गर्छन् । पुर्वी चितवनतर्फ सञ्चालन हुने सवारीसाधनलाई केन्द्रिय बसटर्मिनलबाट सञ्चालनमा ल्याइएको छ भने पश्चिम चितवनतर्फ सञ्चालन हुने सवारीसाधनलाई भरतपुर चौबीसकोठीबाट, पोखरातर्फ सञ्चालन हुने सवारीसाधनलाई नारायणगढ बसपार्क, पुर्वपश्चिम तथा काठमाडौंतर्फ जाने लामो दुरीका सवारीसाधनलाई बाइपास रोड हुँदै केन्द्रिय बसपार्क पुगेर आवतजावत गर्ने ब्यवस्था मिलाईएको प्रहरी निरीक्षक अधिकारी बताउँछन् ।
त्यसको अलावा ट्राफिक प्रहरीले साझेदारी कार्यक्रम अन्तर्गत चालक-सहचालक र यात्रुसंग २ मिनेट जनचेतनामूलक कार्यक्रम गर्ने, चालकको निशुल्क स्वास्थ्य परीक्षण र आँखा जाँच, यात्रु, स्थानीय र स्कूल सम्पर्क कार्यक्रम गरी विद्यार्थीलाई ट्राफिक सचेतना गराउने जस्ता धेरै कार्यक्रमहरु सम्पन्न भईसकेका छन् भने बजार एरियामा हुने अनियन्त्रित पार्किङलाई व्यवस्थित बनाएको चितवन ट्राफिकले जनाएको छ ।
सवारी दुर्घटना न्यूनीकरणको लागि राजमार्गमा विभिन्न प्रकारका ट्राफिक संकेत बोर्ड राखिएको, स्वरुप परिवर्तन गरी मोडिफाई गरिएका मोटरसाईकललाई नियन्त्रणमा लिई दुरुस्त बनाउन लगाईएको, नबुझिने तथा स्पष्ट नभएका सवारीसाधनहरुलाइ नियन्त्रणमा लिइ नम्बर प्लेट लेख्न लगाउनुको साथै, सवारीसाधनमा टल्किने स्टिकर टाँस्ने, विभिन्न सवारीसाधनको निशुल्क मेकानिकल जाँच गर्ने र चालक, सेवाग्राहीसँग सभ्य, शिष्ट र नम्र भाषा प्रयोगमा जोड दिईएको ट्राफिक प्रहरीले जनाएको छ । यसका अलवा अन्य कार्यक्रम योजनाको रूपमा रहेका छन् ।
ट्राफिक व्यवस्थापन गर्न सडकमा ट्राफिक प्रहरीका साथै स्वयंसेवक संख्या थपेका छन् । सडकका विभिन्न विद्यालयका विद्यार्थीदेखि अन्य क्षेत्रका मानिसलाई स्वयंसेवकका रूपमा खटाउने, डमी राख्ने देखी ट्राफिक जनचेतनामूलक काम समेत गरिरहेको ट्राफिक प्रहरीको भनाई छ ।
ट्राफिक प्रहरी कार्यालयको टिमलाई दिशानिर्देश गर्दै, सरोकारवाला निकायहरूसंग सहकार्य गरी सही व्यवस्थापन र परिचालनमा निरन्तर लागिरहेको छु । प्रहरी निरीक्षक अधिकारीले भने, साँघुरा सडक, पार्किङको लागि जग्गा नभएको अव्यवस्थित बजार, कमजोर भौतिक पूर्वाधार भएका जीर्ण सडक र आधुनिक उपकरणको अभाव हुदाँ हुदै पनि सरोकारवाला निकायहरूसँग छलफल, परामर्श गरी जिल्लाको ट्राफिक व्यवस्थापनमा केही हदसम्म सुधार गर्न सकेकोमा उनी खुशी छन् ।
ट्राफिक प्रहरीको प्रमुख जिम्मेवारी भनेकै सडकमा सवारीसाधनको सही व्यवस्थापन गर्नु र सवारी दुर्घटना हुन नदिनु हो । यसका साथै सडकमा कुनै पनि किसिमको बाधा–अवरोध नहोस् भन्ने पनि हो तर सडकमा यात्रा गर्दा कुनै पनि किसिमले सर्वसाधारणले दुःख नपाउनु भन्ने नै मुख्य रहेको अधिकारी बताउँछन् । बढ्दो सवारी चापलाई नियन्त्रण गर्न ट्राफिक व्यवस्थापनमा धेरै कार्यहरु गर्न बाँकी रहेको छ ।
पहिलेको तुलनामा सडक कारबाहीमा पनि कडाइ भएको प्रहरी निरीक्षक अधिकारी बताउँछन् । गत, आर्थिक वर्ष ०७८/०७९ मा कारवाही संख्या ३३७२८ रहेको र राजश्व ३,०८,५४,५००।- असुली भएकोमा चालू आवको ०७९/०८० को मंसिर महिनासम्म १६,१८७ कारवाही संख्या र राजश्व १,३९,९०,००० रूपैया संकलन गर्न सफल भएको उनलेे बताए ।
उनका अनुसार चितवनमा ट्राफिकले औसतमा दैनिक २५ सयदेखि ३ हजारसम्म सवारीलाई कारबाही गरेका छन् । शनिबार र सार्वजनिक बिदाका दिन भने यो संख्या कम हुन्छ । प्रहरी निरीक्षक अधिकारीका अनुसार कतिपय अवस्थामा भने कारबाही गर्नु व्यावहारिक नहुनाले चालकलाई सम्झाइ-बुझाइ गरिन्छ, ।
सवारीमा सिट क्षमताभन्दा बढी राख्ने साधनलाई पनि कडाइका साथ कारबाही गरिरहेका छौं । सडक सुरक्षा र व्यवस्थाको जिम्मेवार सवारी चालक मात्र हुँदैनन्। कतिपय समय पैदलयात्रीको गल्ती र लापरबाहीका कारण दुर्घटना हुन्छ। नागरिकमा आधारभूत ज्ञान हुँदाहुँदै धेरैजसो दुर्घटना लापरबाहीकै कारण हुने अधिकारीको भनाइ छ । यसरी विभिन्न कसुरमा कारबाहीमा परेकाबाट ट्राफिक प्रहरीले औसतमा मासिक २२ लाख रूपैयाँसम्म राजश्व उठाइरहेको छ ।
सबैले आ-आफ्नो ठाउँबाट दायित्व पूरा गर्ने हो भने दुर्घटना कम गर्न सकिन्छ । सडक सुरक्षाका लागि हरेक नागरिक उत्तिकै जिम्मेवार हुन्छन्,’ निरीक्षक अधिकारी भन्छन्, ‘हामी ट्राफिकको हतियार सिठ्ठी मात्र हो। नगर र यहाँका सेवाग्राहीले मद्दत गरे ट्राफिक व्यवस्थित हुने उनको भनाई छ ।
ट्राफिक प्रहरी सदैव आम नागरिकको सेवा र सुरक्षामा खटिएको छ । ट्राफिक प्रहरीसँग स्थानीय सर्वसाधरणको अपेक्षा भनेकै सडक सुरक्षा र भयरहित वातावरण हो । कुनै किसिमको दुर्घटना नहोस्, र ट्राफिक प्रहरीले कानूनसंगत नियमको पालना गराइयोस् भन्ने हुन्छ त्यसैगरी ट्राफिकले सर्वसाधरणको गुनासो सुनिदियोस् भन्ने अपेक्षा गरेका हुन्छन् । सोही अनुरूप ट्राफिक प्रहरी उहाँहरुको अपेक्षा अनुरूपको सेवा दिन खटिरहेको छ । हामीले स्थानीको गुनासो टेलिफोन र फेसबुक पेजमार्फत संकलन गरी सरोकारवाला निकाय, व्यक्तिसँग सहकार्य गरी ति समस्याको समाधान र सम्बोधन गर्न प्रयासरत छौँ । जसका लागि यहाँहरूबाट सूचना, गुनासो र सुझाब आवश्यक छ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्