३०१ औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा गोरखा बजार झिलिमिली

गोरखा । राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा ठूलोआँगनमा झण्डोत्तोलन तथा विगुलद्वारा विजय ध्वनिसहित ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यक्रमको उद्घाटन हुँदैछ । साथै त्यहाँ गोरखा नगरपालिकाले निर्माण गरेको पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रम पनि हुँदैछ ।
सालिक र राष्ट्रनिर्माता सलामीको उद्घाटन विशेष समारोहका बीच प्रधानसेनापति प्रभुराम शर्माले गर्ने कार्यक्रम रहेको छ ।
प्रधानसेनापतिबाट उद्घाटन भएपछि हरेक दिनको सूर्योदय र सूर्यास्त समयमा नेपाली सेनाको गुरुज्यूको पल्टनले ‘राष्ट्रनिर्माता सलामी’ दिने कार्यक्रम सञ्चालन हुनेछ ।
सो अवसरमा हरमटारीदेखि ठूलोआँगनसम्मको सडकको दायाँबायाँ नेपाल एकीकरणको सुरुवात विन्दुदेखि आधुनिक नेपाल निर्माणको जगसम्मको इतिहासको नक्सा विवरणसहित क्रमश तस्वीरहरु सजाइएको छ ।
गोरखानगरपालिका र नेपाली सेनाको रिपुमर्दन गणको संयुक्त आयोजनामा इतिहासलाई जर्गेना तथा प्रवद्र्धनका साथै पर्यटन क्षेत्रलाई उजागर गर्नका लागि यो कार्यक्रम सुरु गर्न लागेको हो ।
साथै पुस २७ गते नै पृथ्वीजयन्तीको अवसर पारेर बिगत २०५४ सालदेखि आयोजना हुँदै आएको ‘गोरखा महोत्सव’ पनि हुँदैछ । महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ ।
दरौँदी दैनिक
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #hot, #राष्ट्रिय एकता दिवस’
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्