Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने


मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार  विश्वासको मत लिनुहुने हुनुभएको छ ।

उहाँले प्रदेशसभा सचिवालयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलब्ध गराउन अनुरोध गर्नुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हाल्नुभएको थियो । उहाँलाई नेकपा एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका छ र जनता समाजवादी पार्टीको एक गरी ६० सदस्यले  समर्थन जनाउनुभएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #हिक्मतकुमार कार्की


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545