Techie IT
शनिबार, वैशाख ६,२०८२

कैलालीमा भिरबाट लडेर ट्याक्टर चालकको मृत्यु


कैलाली । कैलालीमा भिरबाट लडेर ट्याक्टर चालकको मृत्यु भएको छ ।

मोहन्याल गाउँपालिका वडा नम्बर ४ बडीखर्कमा भीरबाट लडेर ट्याक्टर चालक घोडाघोडी नगरपालिका वडा नम्बर ४ का जीवन चौधरीको मृत्यु भएका हो ।

गएराति पहाडको खिमडीबाट तराई झर्ने क्रममा बाटोमा ट्याक्टर रोकेर पिसाब गर्ने क्रममा भीरबाट लडेर उनको मृत्यु भएको स्थानीय रमेश सापकोटाले जानकारी दिनुभएको छ ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी सहायक निरीक्षक नरेन्द्रबहादुर बोहोराका अनुसार भीरको बाटो भएकाले सडकको छेउपट्टि जान लाग्दा भीरबाट खसेको र शवलाई पोष्टमार्टमका लागि धनगढी पठाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545