Techie IT
आईतबार, वैशाख ७,२०८२

देउवालाई भेट्न धुम्बाराही पुगे प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत लिने अघिल्लो दिन प्रचण्ड ठूलो दल कांग्रेसका सभापतिलाई भेट्न पुगेका हुन् । स्रोतका अनुसार प्रचण्डले देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

देउवाले सोमबार साँझ नै पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । यद्यपि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिसकेको छैन । त्यसका लागि मंगलबार विहान संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री प्रचण्डले भने सोमबार संघीय संसद नयाँ बानेश्वरमा पत्रकारहरुसँगको कुराकानीमा आफूलाई सिंगै संसदले विश्वासको मत दिने आशा गरेको प्रतिक्रिया दिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : ## breakingn


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545