Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रबल जनसेवा श्री चौथोबाट पत्रकार तथा फिल्म निर्देशक पाण्डे विभूषित


‘भाग्यले बाँचेकाहरू’ जस्तो वृत्तचित्र बनाएर संसारभर ख्याती कमाएका पत्रकार तथा फिल्म निर्देशक गणेश पाण्डेलाई नेपाल सरकारले प्रबल जनसेवा श्री चौथोबाट विभूषित गरेको छ ।

३ असोज, संविधान दिवसका दिन घोषणा गरेको उक्त पदक नयाँ बर्षका दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतलनिवासमा आयोजित कार्यक्रममा पाण्डेलाई विभूषित गरिएको हो ।

पाण्डेसहित विभिन्न क्षेत्रमा योगदान गरेका अन्यलाई पनि विभूषित गरिएको थियो ।

नेपाल सरकारको गौरब एवम् नेपाली जनताको हित अभिबृद्धिमा उल्लेखनीय योगदान गरेको भन्दै सरकारले विभूषित गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले हस्ताक्षर रहेको विभूषणपत्रमा मानपदवीको गरिमा अक्षुण्ण राख्दै नेपाल र नेपालीको श्रीबृद्धिमा थप सफलता मिलोस भन्ने उल्लेख गरिएको छ ।

पाण्डेले १२ वैशाख, ०७२ को महाभूकम्पमा जोखिमले ज्यान बाँचेकाहरूको जीवनीलाई क्यामेरामा उतार्दै संसारभर नेपालको अवस्थाका बारेमा ‘भाग्यले बाँचेकाहरू’मार्फत चिनाएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #पाण्डे विभूषित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545