सुनको ब्रास्लेट चोरी गर्ने भरतपुर अस्पतालका सेक्युरिटी गार्ड पक्राउ

चितवन । सवारी दुर्घटनामा परी मृत्यु भएका एक ब्यक्तिको सुनको ब्रास्लेट चोरी गर्ने भरतपुर अस्पतालका सेक्युरिटी गार्ड पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाईकल चालक तनहुँ भानु नगरपालिका वडा नंम्बर २ घर भई हाल भरतपुर महानगरपालिका १ बस्ने ३७ बर्षीया सञ्जिव बहादुर रायमाझीको सुनको ब्रास्लेट चोरी गर्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका वडा नंम्बर ६ घर भई हाल भरतपुर महानगर वडा नंम्बर ७ बस्ने २७ बर्षीया कृष्ण राईलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
रायमाझी सवार बागमती प्रदेश ०३-००३ प ६५७४ नंम्बरको मोटरसाईकल लाई पौष १७ गते साँझ भरतपुर महानगरपालिका २९ केरावारीस्थित सडक खण्डमा ना ५६ ख ३३१२ नंम्बरको ट्रकले ठक्कर दिईएको थियो । गम्भीर अवस्थामा रहेका उनको भरतपुर अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको थियो ।
मृतकको लासलाई अस्पतालकै आकस्मिक कक्ष नजिक रहेको एक कोठामा राखिएको अवस्थामा उनको हातमा लगाएको सुनको ब्रास्लेट चोरी भएको थियो । चोरी भएको सुनको ब्रासलेटसहित चोरी कार्यमा संलग्न राईलाई नियन्त्रणमा लिई चोरी कसुरमा सम्मानित चितवन जिल्ला अदालतबाट बिहीबार म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्