आर्थिक विकासका लागि किसान र उद्योग व्यवसायीको मनोबल बढाउन जरुरी : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक विकासका लागि किसान र उद्योग व्यवसायीको मनोबल बढाउन ध्यान दिनुपर्ने बताउनुभएको छ ।
नेपाल जुत्ता–चप्पल उत्पादक सङ्घले काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय जुत्ता–चप्पल औद्योगिक प्रदर्शनीको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले किसान र उद्योग व्यवसायीको मनोबल बढाउन सके मात्रै देशले आर्थिक विकास गर्न सक्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले देशमा उपलब्ध साधन–श्रोतको दिगो उपयोग गरी स्वदेशी उत्पादनमा जोड दिन सके चुलिँदो व्यापार घाटा कम गर्न सहयोग पुग्ने पनि बताउनुभयो ।
राष्ट्रपति भण्डारीले आर्थिक विकासका लागि पहिचान गरिएका तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी बढाउन र स्वदेशी उद्योगहरूलाई प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विना विभागीय मन्त्री दामोदर भण्डारीले निजी क्षेत्र सँगको सहकार्यबिना सरकारले लिएको आर्थिक विकासको लक्ष्य हासिल हुन नसक्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठले कोरोनाका कारण शिथिल बन्दै गएको अर्थतन्त्रलाई सुधार गर्न नवगठित सरकारको न्यूनतम साझा कार्यक्रममा मार्फत् निजी क्षेत्रका मागहरू सम्बोधन हुनेगरी कार्यक्रमहरू ल्याउने प्रयास भइरहेको पनि बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बैङ्कहरूमा देखिएको तरलताको समस्या र निरन्तर बढ्दै गएको ब्याजदरका कारण साना लगानीका उद्योगहरू बन्द हुने अवस्थामा पुगेको हुनाले त्यस तर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्