अवैध रूपमा लगाइएको गाँजा खेती ध्वस्त पार्दै चितवन प्रहरी : २० बिगाहा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट

चितवन । चितवन प्रहरीले बीस बिगाहा क्षेत्रफलमा लगाएको गाँजा खेती नष्ट गरेको छ ।
पुर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ र १२ स्थितमा लागुऔषध गाँजा र अफिम खेती लगाएको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीको टोलिले अंन्दाजी २० बिगाहा क्षेत्रफलमा लगाएको गाँजाखेती र अबैध रुपमा लगाएको ७ कट्ठा क्षेत्रफलमा लगाएको अफिम खेती फडानी गरी नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार सूचनाको आधारमा प्रहरीले राप्ती नगरपालिका ११ स्थित थाकलटार, बराईनटार, डिहीटार र रेवतीखोला र वडा नम्बर १२ स्थित तिरुवा, बड्यालपोखरी, होङपुङ, म्यातराङ र च्यात्राङमा लगायतका विभिन्न स्थानहरुमा लगाएको अवैध गाँजा खेती नष्ट गरेको बताए ।
साथै, उनलेे वडाका ती बस्तीहरुमा स्थानीयहरुसंग यसबाट समाज र मानव स्वास्थ्यमा पर्ने नकारात्मक असर, कानुनी परिणामबारे अन्तरक्रिया गरी सचेत समेत गराइएकाे बताए । लागूपदार्थ उत्पादन, बेचबिखन र ओसारपसारले समाजलाइ नकरात्मक दिशातर्फ लैजाने र यस्को सेवन गर्नु, गराउनु दुवै दण्डनीय रहेकोले कहि कतै यस्तो गतिविधी भएको पाइए तत्काललै नजीकैको प्रहरी कार्यालयलाइ सुचना दिएर सहयोग गर्न समेत चितवन प्रहरीले सबैमा अपिल गरेको छ ।
चितवन प्रहरी प्रमुखको कमान्ड सम्हालेका (एसपी) अधिकारी पछिल्लो समय अपराधीक गतिविधि गर्ने गिरोहहरु प्रति निक्कै आक्रमक बन्दै गएका छन् । अवैध रूपमा नदीजन्य पदार्थ ओसारपसार कार्यलाई नियन्त्रणमा लिएको प्रहरीले मंगलबार र बुधबार मात्रै विभिन्न स्थानहरुमा २० विघामा लगाएको गाँजाका वोटविरुवाहरु नष्ट गरेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्