नदी दोहन विरुद्ध आक्रमक बन्दै टाँडीका (डिएसपी) रेग्मी : ४३५ ट्याक्टर नदीजन्य पदार्थ नियन्त्रणमा

चितवन । चितवनमा प्रहरीले अवैध रुपमा नदीजन्य सामाग्री उत्खनन गरी चोरी निकासी गर्ने सवारीसाधनलाई भटाभट नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीको निर्देशनमा ईलाका प्रहरी कार्यालय रत्ननगरले रत्ननगर नगरपालिकाको वडा नम्बर ३ स्थित बाट नदीजन्य पदार्थहरुको उत्खनन गर्दै गरेको अवस्थामा एउटा जेसिबी, ६ वटा टिपर, पाँच वटा ट्याक्टर र अबैध रुपमा डम्पिङ गरी राखिएको ४३५ ट्याक्टर नदीजन्य पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार हिजो (मंगलबार) पनि ईलाका प्रहरी कार्यालय टाँडी र ईलाका प्रहरी कार्यालय खैरहनीबाट अवैध रुपमा उत्खनन तथा चोरी निकासी गरिरहेको अवस्थामा एउटा जेसिबी सहित ६ वटा ट्रिपर नियन्त्रणमा लिईएको थियो ।
प्राकृतिक श्रोतको अबैध दोहन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नवराज अधिकारीको निर्देशनमा ईलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी प्रमुख रबिनबाबु रेग्मी आफैं फिल्डमा खटी सो, सवारीसाधन नियन्त्रणमा लिइएको हो । उनलेे यो अभियान निरन्तर रहने बताए ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय चितवनले खोलानालाबाट हुने चोरी निकासी रोक्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएसंगै यस क्षेत्रमा हुँदै आएको नदीजन्य पदार्थ उत्खनन् ठप्प भएको छ भने लुकिछिपी चोरी निकासी गर्दै आइरहेको सवारीसाधन समेत भटाभट नियन्त्रणमा आइरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्