Techie IT
शनिबार, वैशाख ६,२०८२

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक


काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु शीर्ष नेताहरुको बैठकमा सरकारको लागि न्यूनतम साझा कार्यक्रम तय गर्नेबारे छलफल हुने बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

राप्रपा र जसपालाई पनि सरकारमा सहभागी हुन आग्रह गरिएको छ । तर, दुवै दलले आफ्ना केही माग पूरा गरेमात्रै सरकारमा सहभागी हुने अडान लिएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सत्ता गठबन्धन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545