‘न्याय भनेको हरेक मानिसलाई उसको हक बाँड्ने निरन्तर र स्थायी इच्छा हो । मृतकहरूले न्यायको लागि कराउन सक्दैनन् । तिनीहरूका लागि त्यसो गर्नु जीवितहरूको कर्तव्य हो । उहाँलाई जतिसक्दो चाँडो न्याय होस् । र, देशभक्त व्यक्तिले फेरि हाम्रो राष्ट्रलाई गौरवान्वित गर्न सुरु गरुन् भन्ने कामना गर्दछु,’ आरिफले फेसबुकमा लेखेका छन् ।
नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीपले अहिले जेल सजाय भोगिरहेका छन् । गत १८ कात्तिकमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । १४ पुसमा उक्त पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।
तपाईको कमेन्ट लेख्नुहोस्