Techie IT
शुक्रबार, चैत्र २८,२०८१

आफू पक्षका सातै प्रदेशका नेतालाई छुट्टाछुट्टै बैठक बस्न कांग्रेस सभापतिको निर्देशन


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पक्षका नेताहरूलाई समन्वय गर्न जिम्मेवारी दिएका छन् ।
सभापति देउवाले स्थानीय तहदेखि केन्द्रसम्मको टिकट वितरणमा समन्वय गरेका नेताहरूलाई बैठक बोलाउन जिम्मेवारी दिएका छन् ।

यो सँगै सातै प्रदेशका केन्द्रीय सदस्यको छुट्टाछुट्टै बैठक बस्ने भएको छ । ‘धेरै जनाको बैठक बोलाउँदा आरोप प्रत्यारोप झन् बढी होला सोचेर सभापतिले प्रदेश प्रदेशको छुट्टाछुट्टै बैठक गर्न निर्देशन दिनु भएको छ’, देउवा निकट एक नेताले भने ।

देउवा पक्षीय एक नेताका अनुसार समन्वय गर्ने जिम्मेवारी पाएका नेताहरूले आफू अनुकूल समय मिलाएर सबै प्रदेशको बैठक बोलाउने उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:41 am6:27 pm +0545