Techie IT
शनिबार, वैशाख ६,२०८२

लुम्बिनी अल स्टारसँग काठमाडौं नाईट्स पराजित


काठमाडौं काठमाडौंमा जारी नेपाल टी-२० क्रिकेट लिगअन्तर्गत बुधबार भएको खेलमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई १०२ रनले पराजित गरेको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १८४ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ ओभर ४ बलमा ८१ रन जोडेर अलआउट भयो ।

काठमाडौँलाई पराजित गर्ने क्रममा लुम्बिनीका कुशल भुर्तेल, इशान पाण्डे र ह्यारी टेक्टरले समान दुई दुई विकेट लिए । काठमाडौंका लागि बसिर अहमदले २२, कमलसिंह ऐरीले १६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५-१५ रन जोडेका थिए ।

टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित १७ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #टी–२० क्रिकेट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545