Techie IT
आईतबार, वैशाख ७,२०८२

नेतासँग छलफल गरेर तरुण दललाई पूर्णता दिन सभापतिको निर्देशन


 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलको कार्यसमितिलाई पूर्णता दिनका लागि पार्टीका नेताहरुसँग छलफल गर्न तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई निर्देशन दिएका छन् ।

गुरुङले बुधबार ९आज० बिहान सभापति देउवालाई उनको निवास धुम्बाराहीमा भेटेका थिए ।अन्य समूहका नेताहरुलाई भेटेर तरुण दललाई पूर्णता दिन सभापतिले निर्देशन दिएको गुरुङले अनलाइनलाइखबरलाई बताए । ‘अरु नेताहरुसँग छलफल गरेर तरुण दलको पूर्ण कार्यसमिति बनाउन भन्नुभएको छ,’ गुरुङले भने ।

 

विधानतः तरुण दलको कार्यसमिति ९५ सदस्यीय हुने व्यवस्था छ । कार्यसमितिमा अध्यक्ष बाहेकका पदाधिकारी नहुने उनले बताए ।

पार्टी केन्द्रको निर्णय अनुसार संघको निर्वाचन सकिएको तीन महिनाभित्र भ्रातृ संस्थाले अधिवेशन गर्नुपर्दछ । १० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेको कांग्रेसले पाँच भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै सभापति देउवाले मनोनित गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #विद्वान गुरुङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545