Techie IT
शुक्रबार, चैत्र २८,२०८१

म्यानचेस्टर युनाईटेडको सहज जित


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा युनाईटेडले बर्नेमाउथलाई ३(० गोल अन्तरले हराएको हो ।युनाईटेडको जितमा कासिमिरो, लुक श र मार्कुस राषफोर्डले एक एक गोल गरे ।

खेलको २३ औं मिनेटमा कासिमिरोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

लुक शले खेलको ४९ औं मिनेटमा गोल गर्दै युनाईटेडको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा राषफोर्डले गोल गर्दै युनाईटेडलाई ३-० को जित दिलाए ।

जितसँगै युनाईटेडले १७ खेलमा ३४ अंक जोडेको छ ।

युनाईटेड चौंथो स्थानमा रहेको छ ।

बर्नेमाउथ १८ खेलमा १६ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।


क्याटेगोरी : खेलकुद, समाचार, खेलकुद
ट्याग : #इंग्लिस प्रिमियर लिग, #म्यानचेस्टर युनाईटेड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:40 am6:28 pm +0545