Techie IT
आईतबार, वैशाख ७,२०८२

राजकीय सम्मानका साथ पेलेको अन्त्येष्टी


काठमाडौं । ब्राजिलका फुटबल हस्ती एद्सो अरान्तेस दो नासिमेन्तो (पेले) को मंगलबार राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको छ ।

अन्त्येष्टी अघि पेलेको पार्थिव शरीरलाई ब्राजिलको सन्तोष एफसी रंगशालामा राखिएको थियो । जहाँ हजारौं मानिसले श्रद्धाञ्ली अर्पण गरेका थिए । २४ घण्टासम्म रंगशालामा राखिएको पेलेप्रति सम्मान ब्यक्त गर्न देश विदेशबाट लाखौं मानिसहरू सहभागी भएका थिए । अन्त्येष्टी समारोहका बेला उनका समर्थक र सर्वसाधारणकाे रुवाबासी चलेको थियो ।

रंगशालाबाट अन्त्येष्टी स्थलसम्म पुर्याउँदा लाखौं सर्वसाधारण बाटोबाटोमा भेला भई गुनगान गरेका थिए । साओ पाउलोको सडकमा शव यात्रापछि विशेष चिहानमा उनको अन्तिम दाह संस्कार गरिएको हो । पेलेको ८२ वर्षको उमेरमा गत साता निधन भएको थियो । पछिल्लो समय मृर्गौला र प्रोस्टेटको समस्याबाट ग्रस्त पेलेको ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारकै क्रममा निधन भएको हो ।

ब्राजिलियन फुटबल महासंघले पेलेलाई सर्वकालिन महान खेलाडी भन्दा धेरै उच्च व्यक्तित्व भन्दै सम्मान प्रकट गरेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद, समाचार
ट्याग : #अरान्तेस दो नासिमेन्तो (पेले)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545